मिठो सम्झना अनि अनगिन्ती माया.........
तस्बिर हेर्दा हेर्दै बरर्र.......र.... आशु झर्यो, निःशब्द, अवाक अनि साहारा विहिन। मानिसको जीवन कस्तो, नि.....रस.......😭। छेउमै बजिरहेको रेडियोमा मधुर आवाजमा गीत गुन्जिन्छ, याद भए मायालु, अर्को साल, भुलिगए सम्झनालाई कुसुमे रुमाल। प्रेमील जोडीहरुको लागि रचिएको यो गीत, कहिले काँही फरक परिवेशमा, सालमा मात्रै नभई हरेक दिन यादहरु आइरह्छन अनि सम्झनालाई खाली २/३ थान तस्बिर मात्रै। छनलाई त तस्बिर संग संगै यादहरु पनि छन्, तर धमिला तुषारो लागेको बेला केहि दूरी पर देखिने वस्तु जस्तै। हुनलाई त तस्बिर पनि धमीलिदै जाने रहिछन, फोटोको रंग पनि उडेर जाँदो रहिछन।
जति नै पुरानो भए पनि, रंग उडेर गए पनि, तुषारो मौसमको वस्तु भएपनि आफू नजिक भएको कुरा कहिले पूर्ण रूपले नमेटिदो रहिछ। जहिले बल्झिन्छ, अनि आँशु बनी छल्किन्छ। वह मनको न कसै संग पोख्नु न कहीं पुगेर थामिनु। देखाउनु पनि कसलाई, सुनाउनु पनि कसलाई। आजकल त यी कोठाका चार भित्ता साथी छन शरीर जस्तो, झ्याल ढोका आँखा अनि कान जस्तो, यिनै समु कहिले पोखिन्छु, सम्हलिन्छु, नसके डाको छोड्छुु। आज सम्म कति पटक बिते होलान् यि कर्म, तर अजै पनि यी भित्ता, झ्याल अनि ढोका ले मेरो विवशता बुज्छन अनि अजै मलाई सुन्छन् अनि म कृतज्ञ हुन्छ यी निर्जीव वस्तु प्रति।
समय हेर्दा हेर्दै कहा पुगीसकेछ, दिन, महिना, साल हुँदै दशककौ बितिसकेछ। यही बीच जिन्दगीमा कति उतार चढाव हरु आए, कहींले खुसी पनि आए त कहिले दुःख पनि सँगै आए। हो मलाई हरेक पल खडकिन्छ त्यो साथको। न दिल खोलेर खुसी सुनाउने मौका पाए, न त काँधमा अडेस लागेर रुन नै पाए। धेरै पटक मन रोयो, धेरै पटक आफूलाई बलियो बनाउनु पर्यो। तर हरेक मोडमा एउटै अभावले मन चसक्क पोलिरहन्छ, "काश, आज संगै भएको भए...." होला रचियेतको यही नियति। न मलाई खुसी दिन सक्यो न कहिले दुःख पोख्न काँध नै। कुनै शनिबारको दिन थियो, बिहान खाना बनाउँदै थिए, मोबाइलको प्लेलिस्ट एउटा संगीत गुन्जिन्छ
"म कहिँ कतै हराए भने
म त तिमि भित्रै हुन्छु
घचारोमा नखोज्नु मलाई
पसारोमा नखोज्नु मलाई
म कहिँ कतै हराए भने
यहाँ हराउने ठाउँ धेरै छ
आँखामा हराउछु कहिले म
म कहिँ कतै हराए भने
म त तिमि भित्रै हुन्छु
घचारोमा नखोज्नु मलाई
पसारोमा नखोज्नु मलाई"
भजन शिरोमणि भक्तराज आचार्यको यो अद्भुत रचना आफ्नै जीवन संग मेल खाँदा झन् भावुक हुन्छु, दोहोर्याई, तेहेराई गीत सुन्छु, जति सुन्छु उति आनंद आउने कहिले धित नै नमर्ने। हो याद पनि यही गीतले भने जस्तो घचारो अनि पसरो मा जति खोजें पनि नआउने रहिछन, मात्र आउँछन् त केवल शान्त अनि एकल माहोलमा अनि सम्झाउँछन् भूतकाल का अनेक ती अविस्मरणीय क्षण। अगाडि गीतले ले भने झै यो मन बुझाउन गार्हो छ, कहिले आफैमा भत्किन्छ, कहिले आफैसंग झस्किन्छ अनि आफैंले आफैंलाई सम्झाउँछ, बुझाउँछ अनि जीवनमा अगाडि बढ्न प्रेरित गर्दछ। कस्तो अनौठो नियति, न हाँस्नु मात्रै सकिने अनि न रुनु मात्रै।
आफ्ना प्रिय मान्छे गुमाउनेहरूलाई महसुस हुन्छ, समयले घाउमा मलम त लगाउँछ, तर त्यो घाउ कहिल्यै मेटिँदैन। केही सम्बन्धहरू बिछोडले टुटाउँदैन मात्रै, बरु झन् गहिरो बनाइदिन्छन। त्यसैले त आज पनि लाग्छ, कतै न कतै मलाई हेरिरहनुभएको छ, मेरो हरेक पाइला देखिरहनुभएको छ, र मौन भएर पनि सधैँ मेरो साथ दिइरहनुभएको छ। केही सम्झनाहरू शब्दमा पोखिन्छन्, तर केही सम्झनाहरू जीवनभर बाँचिरहने रहेछन र म बाट जति नै पर भए पनि आज पनि मेरो हरेक पाइलाको सहयात्री हुनुहुन्छ।
यो संसारीक यात्रा जतिसुकै लामो भए पनि अन्तिम गन्तव्य त्यही हो। आजकल लाग्छ कहिले कहीं मात्रै त्यही कुरिरहेको छु खाली धित मरुन्जेल फेरि भेट्नका लागि। अनि काखमा पल्टिएर सुनाउनका लागि, जीवनका हरेक पाना खोल्नका लागि, पाएका अनि गुमाएका कुरा सुनाउनका लागि अनि रोएका, मुस्कुराएका पालको बयान गर्नका लागि।
आशा छ अब हुने त्यो भेटमा समयको सीमा नहोस्, बिछोडको डर नहोस्। त्यहाँ म सँग अनन्त समय होस्, कहिल्यै नसकिने कुरा होस्, अनि कहिल्यै नटुट्ने साथ र फेरि कहिल्यै नआउने विदाइ। काश त्यो दिन छिटै आओस्........... मिठो सम्झना अनि अनगिन्ती माया र सधै आश गरिरहने आशीर्वाद जीवन जीउनका लागि...........

Tears rolled on
ReplyDelete