प्रणय दिवस ।। Valentine Day
माया, शब्द मात्रैमा पनि कति मिठास अनि आनन्दको अनुभूति। जीवनको युवा अवस्थाको एउटा पाटो, अनि मायाको आभास, कस्तो रमाइलो त्यो समय। एउटा अनमोल समय, काल खण्ड अनि छुट्टै संसारको अनुभूति। जीवनले उत्तरार्ध को बाटो तय गर्दै गर्दा, सम्झिन्छु ती पुराना दिन हरु, उनी सँग बिताएका समयहरु, गरिएका कुराहरू अनि सँगै खाएका कसमहरु। प्रणय दिवस, प्रेमील जोडीको दिन। प्रेमील जोडीहरुको दिवस भएर होला मौसम पनि बिस्तारै घमाइलो हुँदै थियो, चिसो सकिएर गर्मि चड्दै थियो। हो, मायामा पनि कहिले चिसो, कहिले घमाइलो क्षण हरु आउँछन्, त्यसैले त प्रेम दिवस पनि मौसम परिवर्तन हुने बेला पर्ने गर्दछ। त्यो एकदिन धेरै खास थियो, उनी सँग जीवनको यात्रामा एउटा नयाँ संकल्प गर्दै थिए। त्यो सुनौलो बिहानी, उसको प्रतीक्षा, मनमा उब्जिएका अनेक कौतुहलता साच्चिनै अहिले सोच्दा लोभ लाग्दो नै थिए। पुरानो बसपार्क बाट कीर्तिपुर जाने हायस चडी म सहिदगेट, त्रिपुरेश्वर, टेकु, कालिमाटी हुँदै बल्खु पुगेर ओर्लिए। बाटो भरि प्रेमील जोडी हरु प्रसस्त देखिएका थिए। अनि शहरका प्रमुख चोक पनि सजिएका। पसलहरुमा राखिएका गुलाब ले आफ्नो गन्तत्व खोजी रहेको देखिन्थियो। ती गुलब,आज कतिले कसैको जीवन लाई नयाँ बाटो दिन्थ्यो अनि कतिलाई निरास पनि। सधैं सबै कहाँ आफूले खोजें रोजे जस्तो हुन्थ्यो र। नियतिको भोगाइ त सबलाई भोग्नु नै छ। खासमा यही कारण पनि जीवन जिउनुको मजा बेग्लै छ, त्यसैले त मानिस आफ्नो जीवन सफल बनाउन अनि आफूले खोजेका रहर पूरा गर्न हर प्रयास गर्छ। टेकु साल्ट ट्रेडिङ बाट अगाडि बढेर पुल पार गर्दै गर्दा देखिएका यी अनेकन अनुहार हरु, उनीहरूको प्रेम भाव, साच्चिनै कति आनंद लाग्दा। कहिलेकाहीं कुनै गीत सुन्दा आफू पनि सोही परिवेशमा भएको अनुभूति भए जस्तै मैले पनि तिनी अनुहारमा आफैलाई समाहित गर्ने प्रयास गर्दै आफ्नो मनलाई सितल गर्दै आफ्नो गन्तव्य तय गर्दै थिए। बल्खु परी ओर्लिएर एउटा पसलबाट गुलाब किनेर चोभारको लागि अर्को गाडी पर्खिरहेको थिए, यतिकैमा दक्षिणकाली जाने बस आइपुग्यो। बसको सहचालक ले चोभार, टौ दह, दक्षिणकाली भन्दै मान्छे बसाल्दै थियो। म पनि ढिला नगरी चोभार है भन्दै बस भित्र पसे। बसको सीट हरु धेरै जसो प्रेमील जोडी हरुले भरिएका रहिछन। म भने अलिक पछि तिरको सीट मा गै बसे। बस एकैछिन मा आफ्नो गन्तव्य तर्फ अगाडि बढ्यो। कुमारी क्लब, टी यु गेट हुँदै गाडी चोभार पुग्यो अनि म ओर्लिए, जिन्दगीको नयाँ आध्याय सुरु गर्न। बल्खु बाट अगाडि कीर्तिपुर जाने बाटो छोडी अलि अगाडि बढ्दै जाँदा आउने उकालो बाटो, छेउमा भएको सल्लाको रुखको जंगल। आहा, कति सितल, शान्त। माया पनि त्यही सल्लाको पात जस्तो हुँदो रहिछ, मिलाएर राख्न जाने कति सुन्दर, नत्र असरल्ल, सबै बेकामको। हामी मञ्जुश्री डाँडा मा भेट्ने कुरा गरेका थियौं। म भने उसले दिएको समय भन्दा केही पहिलेनै पुगेको थिए। बाटो बाट एक्छिन हिडी म पार्क तर्फ अगाडि बड़े। पार्क पुगी उसलाई फोन गरे, उनी बल्ल सातदोबाटोबाट गाडी चडेकी रहिछन। "अलि छिटो आऊ, फेरि बस्ने ठाउँ नपाउला" भनी जिस्काए। उसले हुन्छ भन्दै फोन राखी। प्रेम दिवस साच्चिनै त्यो डाँडा मा लागेको थियो। जता ततै जोडी मात्रै, सबै आफ्नै दुनियामा। कोई एक अर्काको काखमा ढल्किदै थिए, कसैले काँधमा टाउको राखी गम खाँदै थिए। जता ततै जोडी हरु देख्दा मलाई एक्छिन कता बस्नु भनेर गरो भैरहेको थियो। यतिकै मा उसको फोन आयो, म बल्खु बाट गाडी चडे है भन्दै मलाई लिन आऊ है तल बाटोमा भन्दै फोन राखी। हुन त उसले नभने पनि म लिन गईहाल्थे, तर उसको निमात्रणले झन मलाई उत्साहित बनायो। म पार्क बाट फेरि बाटो तर्फ लागे, एक्छिन को पर्खाइ पछि उसको आगमन, साच्चै अतिनै सुन्दर थियो। रातो टिसर्ट, कालो जिन्स अनि निलो रंगको ज्याकेटमा सजिए उनी कम्ता राम्रो देखिएकी थिइनन्। उसलाई देखें पछि, हात हल्लाउँदै, "हाई, कति राम्री देखिएकी आँखा लाग्ला नी" भन्दै जिस्क्याए । "लौ त्यसो भए कालो टीका लगाइदेऊ न त, नत्र तिम्रो काम" भन्दै उल्टै मलाई जवाफ दी। मैले ल हिड जाम माथि भन्दै हामी दुवै जना अगाडि बढ्यौं। "किन ढिला निस्केकी त रूम बाट" भनेर प्रश्न गर्दै गर्दा " यसै राम्री देखिएको छू" भन्दै मुस्कुराई। अलि अगाडि बढे पछि उसले आइसक्रिम खाम न भनी, उसको कुरा राख्दै २ वटा आइसक्रिम हात मा लिँदै अगाडि बढ्यो। अब सुरु हुँदै थियो जीवनको नयाँ पाटो.............
No comments: