उसको मधुर साथ
शुक्रबारको साँझ, साथी भाईसँगको साथमा अलि बढी पिउन पुगिएछ। पिउँदिन भन्दा भन्दै पिलायो साथीले भन्ने गीत यसै बनेको त हैन, साथीहरु पनि उस्तै छन्। कुरामा कुरा चल्दै गर्दा रविनाको नाममा मलाई अलि बढिनै मताउने बनाएछन्। मलाई त राम्रो सँग होस पनि छैन, रविनालाई त्यो साँझको ११ बजे फोन गर्न लगाएर म होस नै नभएको बेला के के कुरा गर्न लगाए लगाए। साँझ अबेर भएपछि साथीहरुले नै मलाई रूम सम्म छोडी दिएछन् अनि बिस्तरामा पल्टाएर आफूहरु आफ्नो घर तर्फ लागेछन्। म यस ठाउँमा आएको त्यति धेरै समय भएको थिएन तै पनि साथीहरु भने घनिष्ठ बनाई सकेको थिए। कहिले काँही लाग्थ्यो, मलाई कुनै ठाउँ पनि नौलो लाग्दैन होला किन भने जहाँ भएपनि साथी भाईहरु बनी हाल्थे। वसन्त ऋतुको मौसम भएकोले गर्मी उति चढिसकेको थिएन। मदिराको मात रहँदा सम्म चिसोको महसूस भएनछ अनि बिहान पख नसा छुटेपछि हल्का चिसो महसूस हुँदै गयो। पातलो ब्ल्यांकेट तानेर ओडे अनि फेरि निद्रा देविकै काखमा विलीन भए। बिहानीपख झ्यालबाट हल्का सुनौलो घामको झुल्को कोठामा छिर्यो। आँखामा उज्यालो पर्दै गयो अनि म विस्तारै ब्युझिन थालेँ। टाउको अझै अलिकति भारी थियो। मोबाइल हेरेँ, राति मेरो कल पछि रविनाले सन्देश छोडेकी रहिछिन। “तिमी ठीक छौ?” , “अनि... त्यो कुरा साँच्चै तिमीले मनको गहिराइबाट भनेको थियौ?” पढ्दै जाँदा म केही लजाएँ पनि, केही डराएँ पनि। मैले के भनेँ त्यति अबेरमा? रविना सँगको कुरा एक एक गरेर सम्झन थालेँ। आवाज उसकै थियो—मधुर अनि मिठास पूर्ण। जतिनै सोच मग्न भएपनि अहँ पुरै कुरा सम्जिनै सकिरहेको थिएन।
खासमा रविनासँगको भेट त्यति पुरानो भने हैन। एकदिन अफिस बिदाको दिन यसै सहर घुम्ने क्रममा सहिदगेटबाट पुरानो बैंक रोड निस्किने बाटोमा रहेको क्याफेमा चिया खान पसेको थिए। क्याफेमा चिया अर्डर गरेर टेबुलमा कुर्दै थिए यत्तीकैमा एकजना युवती मेरो टेबलको सामुन्ने आएर सरी टू डिस्टर्ब है भन्दै बसिन्। बिदाको दिन भएर होला क्याफेमा सबै टेबुलहरु मान्छेले भरिएका थिए। मैलेपनि ईट्स ओकै भन्दै उसलाई अनुमति दिए जसै गरे। हुन त उ पनि एउटा ग्राहक थिइ म जस्तै। एकैछिनमा मेरो चिया आइपुग्यो। हामी बिच त्यतिन्जेल मौनता नै थियो। पछि एउटै टेबुलमा बसिसके पछि मैले मौनता तोड्दै, हजुरले के मगाउनु भाको, चिया पिउने भए लिनुहोस है, म अर्को मागौला भने। उसले प्रतिउत्तरमा म चिया कहिले पिउँदिन भन्दै हजुर लिनुहोस मैले बर्गर भनेकी छु भन्दै मुस्कान सहित चिया पियुने अनुमति अज भनौं लिनुहोस भनी। एकछिनमा उसको अर्डर पनि आइपुग्यो अनि उसले पनि हजुर बर्गर लिनु हुन्छ भनेर सोधी। मैले प्रतिउत्तरमा पालोको पैँचो गर्नु भाको हो? हजुर लिनुस् भन्दै धन्यवाद फर्काए। केही बेर पछि उसैले हजुरको घर कहाँ हो नी भन्दै प्रश्न गरी । मैले यो ठाउँमा नयाँ भएको र भर्खर मात्रै आएको कुरा जानकारी गराए। मेरो कुरा नसकिँदै उसले ल हामी एउटै रहेछौ भन्दै मुस्कान छोडी। उसको त्यो मन्द मुस्कानमा एउटा छुट्टै आफ्नो पनको महसूस भइरहेथियो। उँ गहुँ गोरो बर्णकी थिई। कालो रंगको टि- सर्ट र हाफ जीन्समा सजिएकी उ साच्चिकै अत्ति नै सुन्दर देखिएकी थी। उसले हामी त एउटै रहेछौ भनी सकेपछि मैले उसको बारे थप जान्ने कोसिस गरे, तर उसले सबै कुरा कहाँ पहिलो भेटमा त्यो पनि नयाँ मान्छेलाई भन्नु, पछि भनुला भनेर टेबलबाट उठ्न लागि अनि मैले फेरि हाम्रो भेट कसरी होला त भनेर प्रश्न गरे। शनिबार फेरि आउँछ नी सर, ल अर्को शनिबार ११ बजे तिर अलिक समय फुर्सद लिएर आउनु होला, भेटौला भन्दै बिदा भै।
उसको त्यो प्रस्तावले गर्दा मलाई आउने हप्ता एकदम लामो लाग्यो, सोचे अजै सात दिन कटाउन छ। केही बेरमा बजार घुमी म पनि रुममा फर्किए। शनिबारको दिन लुगा धुएर कोठा सरसफाइ गरी एक्छिन घाम ताप्न को लागि घरको छत तिर लागे। केही समय मोबाइल चलाउँदै अनि केही बेर उसैलाई सम्झिदा सम्झदै दिन ढली सकेको थियोे। लुगा पनि सुकी सकेको ले लुगा उठाएर पुनः रूम पसे। साझाको खाना खाई सकेर अब निदाउने तरखर मा लाग्दै थिए। तर उसको अर्को शनिबार भेट्ने कुराले मनमा छटपटी लागिरह्यो।
आईतबार उठीसक्दा बिहानको ८ बजिसकेको रहेछ। हतार हतार उठी, मुख धोएर दाल बसाले अनि तरकारी केलाउँदै चामल पनि धोएँ। केही बेरमा खाना खाएर अफिस पुगे। दिनभरि अफिसको कामले थकान भएकोले आज खाना नबाउने निर्यण गरी मेरो रूम देखि नजिकै बिपी चोक बाट ट्राफिक चोक हुँदै राप्ती प्रतिष्ठानको गेट नजिकैको प्यूठानी होटलमा खाना खाएर रूम फर्किए। एक हप्ताको समयमा बल्ल पहिलो दिन सकिँदै थियो तर मलाई मनमा भने छटपटी चलिरहेको थियो। यस गरी बाँकी दिनहरू बित्दै गए। शुक्रबार अफिसबाट अलि पहिलानै निस्किएर हप्ता दिनको सबै काम सकाएर भोलिको लागि तयारी गर्दै थिए। अरु बेला पहिरनमा खसाए ध्यान नदिने आज भने भोली के लगाएर जाने होला भनेर मन मनै गम खाँदै थिए।
शनिबारको दिन बिहानको खाना खाई सकेर करिब १०:३० तिर खैरो जिन्स र सेतो सर्ट लगाएर लागे रविनालाई भेट्न। पसल पुगी चिया मगाए अनि मोबाइल हेर्दै बसिरहे। एक्छिन मा पसलको भाइले चिए ल्याई पुर्यायो। चियाको चुस्की लिँदै रबिना आउने समय हेर्दै बसिरहे। समय ११:२० भइसकेको रहेछ तर उसको आगमन नभएकोले मलाई अलग्गै छटपटी भैरहेको थियो। चिया पनि सकिनै लागेकोले अब निस्कने तरखर गर्दै थिए, अलि पर बाट सरी है, केही बेर समय खर्चेको मा भन्दै रबिना टुपुक्कै आइपुगी। उसको आगमनले अब मलाई बल्ल आज शनिबार आएको महसुस भयो अनि उसको जवाफमा समयको त कस्तो पक्का है भन्दै जिस्काए। उसले सरी त्यति साह्रो पनि नभन न सानो काम मा अल्झिएर आउन नसकेको जिकिर गरी। उसको अहिलेको वाक्यमा तिमी भनेर गरिएको सम्बोधनले, मलाई झन उँ सँग नजिक भएको आभास दिलायो। मैले बर्गर मागाउँ की भन्दै उसलाई प्रश्न गरे, उसले हैन भर्खर खाना खाएर आएको जानकारी दिँदै टाउको हल्लाउँदै नाई को भावमा मलाई जवाफ फर्काई। हामी केही बेर मौनता मा हराएछौ। यतिकै पसलको भाईले "दाई अरु के ल्याऊ" भन्दै आयो। रविनाले "केही पर्दैन" भन्दै, मलाई, जाम हिड एक्छिन बाहिर घुमौ भन्दै पसलबाट निकाली। बाहिर निस्की सकेपछि "कहाँ जाने हामी" भनी उसलाई प्रश्न गरे। उसले प्रतिउत्तर मा "यो ठाउँमा नयाँ तिमी, हिड तिमीलाई सहर घुमाउछु " भन्दै मुसुक्क हाँसी। यो हाम्रो दोस्रो भेट भएपनि उँ र म बीच धेरै पुरानो सम्बन्ध जस्तो आभास भै रहेको थियो। हामी सहिद रोड हुँदै अगाडि बढ्यौं। सहरको केन्द्र बिन्दु रहेको यस ठाउँमा पसलहरुले भरिएका थिए। हिँड्दै गर्दा अलि अगाडि नबिल बैंक आइपुग्यो, ठीक त्यसैको नजिक गिफ्ट पसल पनि रहेछ जसमा ठूलो टेडी शो गरिएको थियो। तिमीलाई टेडी मन पर्छ, त्यहाँ हेर त कस्तो राम्रो भन्दै उसको ध्यान मोडे। उसले खास वास्ता गरिन। यतिकै मा हामी बैंक रोड चोकमा रहेको नेपाल बैंक नजिक पुगिसकेका थिए। त्यहाँ बाट बायाँ लाग्यौ। मलाई कहाँ लैजान लागेउ, किड्नाप गर्न लाग्यौ हो भन्दै उसलाई जिस्काए। उसले हिड न हिड तिमीलाई आज पार्क घुमाउँछु भन्दै बालमन्दिर चोक बाट दाहिने लाग्न इशारा गरी। केही बेरमा हामी त्रिभुवन पार्क पुगे। पार्क भित्र पस्दै गर्दा प्रेमील जोडी हरु एक आपसमा रमाइरहेको दृश्यले मन रमाई रहेको थियो। अलि भित्र पुगेर हामी हरियो दुबोमा बस्यौ। पर्को ओरी परी कोलाहल भए पनि भित्रको प्रेमील वातवरणले मन हर्षित भै रहेको थियो। उसले " तिम्रो यो हप्ता कस्तो रह्यो त" भन्दै प्रश्न गरी मैले "रोमाञ्चक, तिमीलाई भेट्नु जो थियो" भन्दै अलि फ्लिर्टी जवाफ दिए। उँ मुसुक्क मुस्काइ। यति भन्दै मलाई नसोध्ने कस्तो मतलबी तिमी भन्दै रिसाएको भाव प्रस्तुत गरी। नयाँ परिवेश, नयाँ ठाउँ, चिनेका मान्छे त्यति नभएर होल उँ र म बीच दोश्रो भेटमै घनिष्ठ सम्बन्ध स्थापित भइसकेको थियो। मन मनै ठाउँलाई धन्यवाद दिए, मधुर सम्बन्ध बनाइदिएको मा।एक्छिन हामी गफियौ, कति कामका कुरा, कति आफ्ना, कति सहरको अनि कति यहाँको परिवेश अनि मानिसको। घाम ढल्दै थियो अनि मैले जाम अब हिड भन्दै उसलाई इशारा गरें। उसले मलाई जिस्काउदै "यति राम्री केटी सँग समय बिताउन पाउँदा पनि जाम रे, कस्तो मान्छे" भनी। यति राम्री मान्छेलाई अब चिसो होला, बीमारी होल भनेर पो भनेको त, "तिमी मान्छौ भने त पुरै जीवन साथ दिउँला भन्दै" जवाफ दिए। उसले "खुब जनेको छौ हुँ" भन्दै आँखा फर्काई। हामी बिचमा एक अर्कालाई थाहा नै नभई सम्बन्ध धेरै अगाडि बढि सकेको थियो। उसको भावलाई बुझ्दै हामी पार्क बाट नेपाल टेलिकमको बाटो हस्पिटल रोड, रझेना जाने चौतारी हुँदै हस्पिटल लाईन तर्फ अगाडि बढ्यौं। अलि अगाडि एउटा खाजा पसलमा हामीले खाजा खाई आजलाई छुटिने निर्णय लियौं। जाने बेला उसले एउटा कागज दिँदै, रूम पुगेर हेर है भन्दै आफ्नो बाटो लागि म पनि सोही अनुरूप आफ्नो बॉस स्थान तर्फ लागे। रूम पुगेर कागज खोलें, लेखिएको थियो "तिम्रो र मेरो नयाँ यात्राको माध्यम, .............."
क्रमश:
No comments: