Mother - आमा

Mother - आमा

Posted by Keshav Gyawali April 27, 2025
👁 : 0

 


 तिम्रा आँखा छोपी रुन मन छ,

तिम्रो साहस बोकी हिँड्न मन छ,

गरेउ कति दुःख कष्ट हाम्रा निम्ति,

एकदिन संसार भरिका खुसी तिम्रो पोल्टोमा पार्न मन छ।


जसरी लुकायौ दुःख हाम्रा अगाडि,

कला त्यो सिक्न मन छ।

यो जुनी मात्रै हैन आमा,

पुर्नजन्म हुन्छ भने, सैयौ जुनी तिम्रै सन्तान हुन मन छ।


होलान तिम्रा चाहना कति,

मारेऊ होला रहर कति,

समय त्यो पुरानो, दिन नसकेपनि,

पीडा भुलाउन हाँसो दिने प्रयत्न गर्नेछु,

यो जुनी मात्रै हैन आमा,

पुर्नजन्म हुन्छ भने, सैयौ जुनी तिम्रै सन्तान हुनेछु।


जिन्दगी अजै धेरै बाँकी छ,

अड्चन अजै होलान कति,

यस्तै आड सधैं दिनु आमा,

खुसी अब टाढा छैन,

एक अञ्जुली सास रहुन्जेल,

प्राथना यो सधैं गर्नेछु,

यो जुनी मात्रै हैन आमा,

पुर्नजन्म हुन्छ भने, सैयौ जुनी तिम्रै सन्तान हुनेछु।


बह मनका पोख्न मन छ,

सधैं तिम्रो छहारीमा हुन मन छ,

समय अनुकुल नहोला कहिले,

सम्झेन मलाई नभन्नु आमा,

तिमी त मेरा लागि रुखको जरा समान हौं आमा,

सधैं अगाडि हुन नपाए पनि,

तिम्रै सहारामा अडेको छु आमा,

यो जुनी मात्रै हैन आमा,

पुर्नजन्म हुन्छ भने, सैयौ जुनी तिम्रै सन्तान हुन मन छ।


3 comments:

Contact

Total Pageviews