उपहारमा फिर्ता उसलाई....

उपहारमा फिर्ता उसलाई....

Posted by Keshav Gyawali October 15, 2026
👁 : 0
जिन्दगीमा माया धेरै, गरे उसलाई,
साँचो प्रेम मनमा ठानी, जीवन सबै सुम्पे उसलाई,
बदलामा उपहार भनी, आँखा भरी आँसु दिई,
सजाएको सपन त्यागी, नमेटिने दाग थामाई।

रात दिन आँसु पिएँ सम्झना सधैं उस्कै 
हाँसो चढाई बली दिए, आफ्नै माया, उपहारमा फिर्ता उसलाई,
ढलाई महल सपनाको, रुआई आफ्नै मुटुलाई, हाँसी हाँसी बिदा दिए, उपहारमा फिर्ता उसलाई।

No comments:

Contact

Total Pageviews